Thursday, March 4, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

सुनसरीको कप्तानगंज नाकाबाट प्याजको तस्करी

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
१२ महिना अगाडि
पत्रपत्रिका
40
SHARES
ShareTweet
Subscribe

स्मार्ट २४ न्यूज

इनरुवा,। सुनसरीको दक्षिणी क्षेत्र कप्तानगञ्ज स्थित नेपाल भारत सीमा नाकाबाट विहीबार दिउँसो अवैध रुपमा भन्सार चोरी तस्करीका ३ करोडभन्दा बढीको सामानहरु सुरक्षा निकायकै सामुन्नेमा ओसारपसार भएको छ ।

भारतीय बजारबाट भारतीय नम्बर प्लेटका ३० देखि ३५ वटा मोटरसाईकलमा एकै पटक अवैध मालसामानहरु चोरी तस्करी गरेर कप्तानगञ्ज सीमा क्षेत्रमा नेपाली नम्बर प्लेटका ट्याक्टरमा लोड गरी सुनसरी तथा मोरङका बजारसम्म लैजाने अवस्थामा पाईएको थियो ।

सीमा नाकामा भन्सार राजश्व छली गरेर विहीबार बिहानदेखि दिउँसो अवेरसम्म ३० वटाभन्दा बढी ट्याक्टरमा प्याजसहितका सामानहरु तस्करीमा प्रयोग गरिएका ३५ वटा मोटरसाईकलमा ओसारपसार गरि ति ट्याक्टरहरुमा लोड गरिएको थियो ।

सीमा नाकामा रहेको छोटी भन्सार कार्यालयले साना–साना परिमाणको १० हजार मुनीको सामानहरुको मात्र भन्सार राजश्व लिन पाउने राजश्व ऐनमा व्यवश्था भए पनि सुरक्षा निकायको मिलोमतोमा दिउँसै प्रत्येक ट्याक्टरमा दुईदेखि १० लाखसम्मको मालसामानहरु १० हजारको राजश्व तिरेको देखावटी कागज बनाएर तस्करी भएको हो ।

सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी व्यारेजका भन्सार प्रमुख अधिकृत प्रमोद साहले साना परिमाणका कच्चा पदार्थबाहेकका मालसामानहरुको १० हजारसम्म मात्र भन्सार राजश्व छोटी भन्सार कार्यालयले लिन पाउने बताए ।
उनले मुल भन्सार कार्यालयबाट मात्र ठुलो परिणामका मालसामानहरुको भन्सार राजश्व लिन पाउने नियम रहेकाले ठुला सवारी साधनहरुमा लोड भएका सामानको हकमा सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी व्यारेजमा आएर व्यापारीले राजश्व बुझाउनु पर्ने बताए ।

प्रमुख साहले आफुले समेत यस बिषयमा सूचना पाए लगतै त्यहाँ कार्यरत कर्मचारीसँग सोधपुछ गरी यर्थात बुझ्ने काम गरेकाले शुक्रवार त्यस क्षेत्रको जानकारी लिन जाने तयारीमा रहेको बताए । उनले आफूले अनुगमन गरेर यथार्थ सार्वजनिक गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

सीमा नाकामा सशस्त्र प्रहरी वलका सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा वोर्डर आउट पोष्ट र नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मीहरुसहित छोटी भन्सार कार्यालयका दुईजना सहायक स्तरका कर्मचारीहरु कार्यरत रहेका छन ।

विहीबार बिहानको समयदेखि भारतीय बजारबाट खुल्ला रुपमा तस्करहरुले प्याजलगायतका मालसामानहरु ओसारपसार गरी भण्डारण गरेसँगै विभिन्न स्थानबाट एकै साथ २० वटाभन्दा बढी ट्याक्टर ल्याएर तस्करीका सामानहरु सुरक्षित रुपमा विभिन्न स्थानतर्फ लगिएको थियो ।

सशस्त्र प्रहरी वलका प्रहरी निरीक्षक विदामा रहेकाले सशस्त्र प्रहरी नायव निरिक्षक गंगा पाण्डे र नेपाल प्रहरीका प्रहरीका बलभद्र लिम्बुको निगरानीमा ३ करोडभन्दा वढीको ठुलो परिणाममा ति सामानहरु गन्तव्यतर्फ लैजान प्रत्यक्ष रुपमा सीमा नाकामा पहरा दिएका थिए ।

कप्तानगञ्ज तथा देवानगञ्ज क्षेत्रका स्थानीय व्यापारीहरुले सीमा नाकाबाट एकै पटक दिउँसोको समयमा गैह्कानूनी रुपमा सुरक्षा निकायको प्रत्यक्ष निगरानीमा ३ करोडभन्दा बढी मुल्यको मालसामानहरु तस्करी भएको दावी गरे ।

रातीको समयमा सीमा नाकाबाट हुने अवैध मालसामानको चोरी तस्करी कप्तानगञ्जमा दिउँसोको समयमा खुल्ला रुपले भएपछि स्थानीयवासी तथा व्यापारीहरुले सुरक्षा निकायले राजश्व चुहावटका लागि तस्करलाई संरक्षण गरी व्यक्तिगत फाईदाका लागि रकम असुली गरेकाले सीमा क्षेत्रमा यस घटनाले थप तस्करी बढने बताउँछन । वर्णमाला दैनिकबाट

Tags: तस्करी
ADVERTISEMENT
Previous Post

हज समिति गृहमन्त्रालय अन्तर्गतनै रहनु आवश्यक,पूर्व मन्त्री हुसैन

Next Post

फारवीसगञ्जमा कोरोना संदिग्ध विरामी फेला, विराटनगर उच्च जोखिममा

Next Post
फारवीसगञ्जमा कोरोना संदिग्ध विरामी फेला, विराटनगर उच्च जोखिममा

फारवीसगञ्जमा कोरोना संदिग्ध विरामी फेला, विराटनगर उच्च जोखिममा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • देवानगंजमा सशस्त्र प्रहरीद्वारा भारतबाट ल्याइएका प्रतिबन्धित माछा नष्ट
  • भारतबाट अवैध भित्र्याइएका ४५ थान कुखुरा सशस्त्र प्रहरीद्वारा नष्ट
  • झापाको विर्तामोडमा प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन
  • ताप्लेजुङको दोभान बजारमा भिसन आगलागी ४० घर जलेर नष्ट
  • नवलपरासीमा दुर्घटना हुँदा दुवै ट्रकका चालकको मृत्यु , दुईको अवस्था गम्भीर
  • इनरुवामा सात दिने आधारभुत पत्रकारिता तालिम सुरु
  • रौतहटमा योगेश भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल चालक घाइते
  • नोबेल शिक्षण अस्पतालका डा.रोहित प्रसाद यादवले गरे एकै दिनमा १४ जनाको शल्यक्रिया

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist