Sunday, February 28, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

प्रदेश१ मा संक्रमितको संख्या बृद्धि भएसँगै ठाउँको अभाव हुन सक्ने,उपचार केन्द्र विस्तार गर्ने तयारी

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
१० महिना अगाडि
पत्रपत्रिका
प्रदेश१ मा संक्रमितको संख्या बृद्धि भएसँगै ठाउँको अभाव हुन सक्ने,उपचार केन्द्र विस्तार गर्ने तयारी
112
SHARES
ShareTweet
Subscribe

स्मार्ट २४ न्यूज

मोरङ:–  प्रदेश १ मा कोरोना संक्रमणको संख्या बृद्धि भएसँगै प्रदेश सरकारले उपचार केन्द्रहरु विस्तार गर्ने तयारी गरेको छ ।

प्रदेश सरकारले विराटनगरमा कोभिड १९ उपचार केन्द्र सञ्चालन गरेको छ । उपचार केन्द्रको क्षमता ५० वेडको रहेको छ । सो अस्पतालमा २८ जना अहिले उपचाररत रहेका छन् ।

भोजपुरका एक संक्रमितलाई पनि विराटनगर ल्याइदैछ । अहिलेको अनुपातमा विरामी संख्या बढ्दै गएमा ५/६ दिनपछि उपचार केन्द्रमा वेड अभाव हुने भएपछि प्रदेश सरकारले सुनसरी धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय वेडको तयारी गरिरहेको छ ।

विपीमा विरामी बढ्दै गएमा अन्य सेवा रोकेर कोरोनाको मात्र उपचार गर्ने गरि तयारी भईरहेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।

आज साँझ विराटनगरमा नागरिक समाज, तथा बुद्धिजीविसंगको भिडियो कन्फ्रेन्समा प्रदेशका सामाजिक विकास मन्त्री घिमिरेले संक्रमितको संख्या बढ्ने क्रममा विपीसँगै मोरङ सुन्दरहरैंचा नगरपालिकाको गोठगाँउस्थित पूर्वाञ्चल विश्वविद्यालयको शिक्षण अस्पताललाई समेत तयार पार्न प्रावीधिक टोली खटिएको प्रस्टाए ।

टिचिङ अस्पतालमा १ सय ५० वेडको कोरोना उपचार केन्द्र बनाउने तयारी छलफल अघि बढेको मन्त्री घिमिरेले बताए । कोरोना रोकथाममा प्रदेश सरकार गम्भीर रहेको जनाउदै मन्त्री घिमिरेले उदयपुर जिल्लामा सुरक्षाअवस्था कडा बनाएको र भोजपुरबाट देखिएका संक्रमित क्षेत्रलाई समेत कडा निगरानीमा राखिएको उल्लेख गरे।

कोभिड १९ को चेकजाँचको दायरालाई थप बृहत बनाउनुपर्नेमा बुद्धिजीविहरुको सुझावमा मन्त्री घिमिरेले आरडीटीलाई प्रदेशका विभिन्न स्थानमा बढाइएको र भोली परिक्षण जाँचका लागि थप दुइवटा नयाँ मेशिन प्रदेश सरकारले ल्याउने जानकारी दिए।

उदयपुरको जिल्ला अस्पताल र वेलसोतमा पनि कोरोना उपचार केन्द्र बनाउने तयारी गरिएको मन्त्री घिमिरेले जानकारी दिए । उदयपुर जिल्ला अस्पतालका लागि प्रदेश सरकारले १ करोड वजेट छुट्याएको छ । जिल्ला अस्पतालको पूर्वाधारले धेरै विरामी राख्न नसक्ने भएकाले वेलसोतमा पनि तयारी गरिएको मन्त्री घिमिरेले बताए ।

विराटनगरको कोभिड १९ उपचार केन्द्रले विशिष्टीकृत सेवा दिईरहेको उनले दावी गरे । सो अस्पतालमा २५ जना स्वास्थ्यकर्मी र १७ जना व्यवस्थापक खटिएको मन्त्री घिमिरेले बताए । उदयपुर र भोजपुरमा देखिएको संक्रमणलाई अन्यत्र सर्न नदिने गरि प्रदेश सरकारले काम गरिरहेको उनले बताए ।

भोजपुरमा देखिएको संक्रमणलाई ठाउँको ठाउँ नियन्त्रण गर्ने गरि काम भईरहेको मन्त्री घिमिरेले बताए । भोजपुरमा संभावित संक्रमितको स्वाव परिक्षणको काम पनि शुरु भएको उनले बताए ।

Tags: प्रदेश १बृद्धिसंख्या
ADVERTISEMENT
Previous Post

कोरोनाबाट जोगिन हरिनगरका मस्जिदहरुमा ‘सेनिटाइज’ गरिंदै

Next Post

सुनसरी प्रशासन र मुस्लिम अगुवाबिच १० बुँदे सहमति

Next Post
सुनसरी प्रशासन र मुस्लिम अगुवाबिच १० बुँदे सहमति

सुनसरी प्रशासन र मुस्लिम अगुवाबिच १० बुँदे सहमति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • प्रेस युनियन सुनसरीको बनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न
  • इनरुवामा विद्युत लाइन सर्ट भई आगलागी, एक घर जलेर नष्ट
  • इनरुवामा स्मार्ट २४ न्यूज र सुनसरी पोष्टको कार्यालय उद्धघाटन
  • इटहरी रंगशालामा प्रदेश १ स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता सुरु
  • औषधी विभागका अधिकृत दुई लाख घुससहित रंगेहात पक्राउ
  • दुहबीमा सुरक्षा व्यवस्था फितलो: दिउँसै घरमा चोरि
  • अदालतले सांसद पुर्नस्थपना गरेपछि जसपाद्धारा बर्जुमा दीप प्रज्वलन
  • सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै भुटाहामा दिप प्रज्वलन

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist