Friday, February 26, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

प्रवेशिका परीक्षा (एसईई)को प्रश्नपत्र केन्द्रबाट नै छापेर प्रदेशमा पठाइने

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
१ वर्ष अगाडि
पत्रपत्रिका
72
SHARES
ShareTweet
Subscribe

काठमाडौ / यस पटक पनि प्रवेशिका परीक्षा (एसईई)को प्रश्नपत्र केन्द्रबाट नै छापेर प्रदेशमा पठाइने भएको छ । नेपालको संविधानले माध्यमिक तहको शिक्षाको अधिकार प्रदेश तहलाई प्रत्यायोजित गरिसकेको छ । सोहीअनुरूप एसईई परीक्षाको उत्तरपुस्तिका प्रदेश सरकारले छाप्ने र परीक्षा व्यवस्थापन गर्दै आएको छ भने स्थानीय तहले कक्षा ८ को परीक्षा पूर्ण रूपमा सञ्चालन गर्ने गरेका छन् ।

प्रदेश ५ का शिक्षा निर्देशक मनोज गैरेले कक्षा ८ को परीक्षा गोपनीयताका साथ स्थानीय तहले सञ्चालन गर्न सक्छन् भने कक्षा १० को परीक्षा प्रदेश सरकारले सञ्चालन गर्न नसक्ने तर्क नै उपयुक्त नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशले गोपनीयता कायम गर्न सक्छ, दुई वर्षदेखि नै हामीले प्रश्नपत्र छपाइको जिम्मा पनि प्रदेशलाई हस्तान्तरण गर्दा हुन्छ भनेर तत्कालीन परीक्षा नियन्त्रकलाई भनेका थियौँ । यो वर्ष भइहाल्यो, आगामी वर्ष दिने व्यवस्था गरौँला भन्नुभएको थियो तर गत वर्ष पनि केन्द्रले नै छाप्यो । यस वर्ष पनि केन्द्रले नै छाप्ने भयो । ”

उहाँका अनुसार प्रदेश ५ लाई एसईई परीक्षाको उत्तरपुस्तिका छाप्न भनेर तीन करोड १२ लाख रुपियाँ उपलब्ध गराइएको छ । कक्षा १२ सम्मको शिक्षालाई माध्यमिक तहको बनाइएपछि विद्यालय तह सुधार कार्यक्रम (एसएसआरपी)को दस्तावेजमा कक्षा १० को परीक्षा साबिकको क्षेत्रीय तहमा गर्ने उल्लेख गरिएको थियो ।

एसएसआरपीपछि ल्याइएको विद्यालय क्षेत्र विकास योजना (एसएसडीपी)को दस्तावेजमा कक्षा ८ को स्थानीय तहले, कक्षा १० को प्रदेश तहले र कक्षा १२ को राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन गर्ने भनी प्रस्ट उल्लेख छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको राष्ट्रिय शिक्षा नीतिमा पनि कक्षा ८ को अन्त्यमा स्थानीय तहले, कक्षा १० को अन्त्यमा प्रदेश तहले र कक्षा १२ को परीक्षा सङ्घीय तहमा सञ्चालन, व्यवस्थापन र प्रमाणीकरण गर्ने व्यवस्था मिलाइने भनेर स्पष्ट लेखिएको छ । प्रदेश ३ का शिक्षा निर्देशक चन्द्र लुइँटेलले एसईई परीक्षा व्यवस्थापन गर्न जिम्मा दिइएमा आफूहरू सो जिम्मा लिन तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले देऊ भनेर माग्नेभन्दा पनि माथिल्लो निकाय (शिक्षा मन्त्रालय)ले जिम्मेवारी दिनुपर्ने हो । नीतिगत रूपमा व्यवस्था भइसकेकाले एसईई परीक्षा प्रदेशले नै व्यवस्थापन गर्नुपर्छ ।

” सो प्रदेशमा उत्तरपुस्तिका छाप्नका लागि पाँच करोड ३९ लाख रुपियाँ उपलब्ध गराइएको छ । प्रदेशका शिक्षा अधिकारीहरूले एसईई परीक्षाको प्रश्नपत्र छाप्ने अधिकार हस्तान्तरण भएपछि सुरक्षण मुद्रणालयको विकास आफूहरूले गर्ने बताउनुभयो । हाल केन्द्रले जनक शिक्षा सामग्री केन्द्रमा तीनवटै सुरक्षा निकायलाई प्रयोग गरेर प्रश्नपत्र छाप्दै आएको छ । परीक्षा नियन्त्रण कार्यालयले ६१ विषयका प्रश्नपत्र छाप्ने गरेको छ भने अनिवार्य विषयका प्रश्नपत्र फरकफरक प्रदेशका लागि फरकफरक बनाउने गरेको छ । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले प्रश्नपत्र प्रदेशले छाप्न सक्दैनन् भन्ने हो भने सङ्घीयताको मर्मविपरीत हुन्छ र सक्छन् भन्ने हो भने किन छाप्न नदिइएको भन्दै थप्नुभयो, “गर्न सक्नेलाई छाप भनेर दिने हो र नसक्नेहरूका लागि हामी छापिदिन्छौँ भन्ने हो । अब पनि प्रदेशलाई सक्दैनन् भनेर नपत्याउनु राम्रो हुँदैन । काठमाडौँमात्र पूर्वाधार सम्पन्न छन् भने अब प्रदेशलाई पनि बन(ाउन सक्नुपर्छ ।

Tags: एसईईप्रवेशिका परीक्षा
ADVERTISEMENT
Previous Post

तराईमा जाडो बढेपछि हरिनगर गाउँपालिकाले दियाे ३ दिनकाे बिदा

Next Post

सुनसरीकाे देवानंजमा डिजिटल साक्षरता अभियान सुरु

Next Post
सुनसरीकाे देवानंजमा डिजिटल साक्षरता अभियान सुरु

सुनसरीकाे देवानंजमा डिजिटल साक्षरता अभियान सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • इनरुवामा स्मार्ट २४ न्यूज र सुनसरी पोष्टको कार्यालय उद्धघाटन
  • इटहरी रंगशालामा प्रदेश १ स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता सुरु
  • औषधी विभागका अधिकृत दुई लाख घुससहित रंगेहात पक्राउ
  • दुहबीमा सुरक्षा व्यवस्था फितलो: दिउँसै घरमा चोरि
  • अदालतले सांसद पुर्नस्थपना गरेपछि जसपाद्धारा बर्जुमा दीप प्रज्वलन
  • सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै भुटाहामा दिप प्रज्वलन
  • संसद पुर्नस्थापना भएपछि सुनसरीमा दिप प्रज्ज्वलन
  • कोशीका २४ जना अवकास भएका शिक्षक सम्मानित

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist