इनरुवा। प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा सुनसरी जिल्लाको इनरुवा नगरपालिकास्थित वडा नं.१ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
सुनसरी जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको बुधवार सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले एक समारोहका विच उद्घाटन गरेका छन ।
बैंकको काउण्टरबाट प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने विश्वास बैंकका ब्राञ्च मेनेजर कृष्णप्रसाद घिमिरेले ब्यक्त गरे ।
प्रभु बैंकले २०२ वटा शाखा कार्यालय, १५२ वटा एटीएम ४० वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखारहित बैंकिङ्ग सेवामा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको जनाएको छ ।