प्रेम गिरी
दुहबी,। सुनसरीको दुहबी नगरपालिकामा जारी दोस्रो मेयर कप फुटबल प्रतियोगिता २०७६ सुरु भएको छ। दुहबी ५ स्थित सरस्वती माध्यमिक विद्यालयको खेल मैदानमा जारी नगर स्तरीय दोस्रो मेयर कप फुटबल प्रतियोगिताको उदघाटन खेलमा वडा नं. १० ले २-१ गोलले विजय भएको छ।
सोमबार सम्पन्न खेलमा १४ औं मिनेटमा दुहबी वडा नम्वर १० का खेलाडी कुन्दन चौधरीले १ गोल गर्दै आफ्नो टिमलाइ १–० ले अग्रता दिलाएका थिए । खेलको हाफ टाइम्स पछि ९ औं मिनेटमा दुहबी वडा नं। ५ का खेलाडी मनिस अधिकारीले १ गोल गर्दै आफ्नो टिमलाइ बराबरीमा पुर्याएका थिए ।
लगतै दुहबी वडा नम्वर १० का खेलाडी कविन्द्र चौधरीले १ गोल गर्दै जित सुनिश्चित गराए । टिमका लागि एक गोल गर्दै चौधरी प्रतियोगिताको माय्न अफ द म्याच घोषित भएपछि दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले नगद १ हजार सहित मेडल प्रदान गर्नु भएको थियो ।
सोमबारको खेल दुहबी नगर पालिकाको आयोजनामा भएको मेयर कपको संयोजन एलेभेन एरोज क्लबले अध्यक्षता गरेको थियो । मंगलवारको खेल दुहबी वडा नं। ११ र १२ बिच हुँने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख नगद शिल्ड, मेडल,प्रमाणपत्र प्रदान गरिनेछ । दोस्रो हुने टिमलाई ५० हजार नगद शिल्ड,मेडल,प्रमाणपत्र प्रदान गरिनेछ ।
फोटो माय्न अफ द म्याचको पुरस्कार लिदै चौधरी ।