अकबर अलि
दुहबी,। सुनसरीको गढी गाउँपालिकामा दोस्रो अध्यक्ष कप फूटबल प्रतियोगिता हुने लागेको आयोजकले मंगलबार पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताका यूथ फर प्लानिङ एण्ड एक्सन क्लबले गढी गाउँपालिकाको आर्थिक सहयोगमा फुटबल खेल प्रतियोगिता हुनलागेको बताए । खेल माघ ९ गते बिहीवार देखि गढी खेल मैदानमा संचालन हुँने छ। खेलमा गढी गाउँपालिकाका ६ वटै वडा र दुईवटा स्थानीय टिम गरि जम्मा ८ आठ वटा टिम सहभागी हुने आयोजकले जनाएको छ।
दोस्रो अध्यक्ष कप फुटबल खेल प्रतियोगितामा प्रथम हुने टिमलाई रु ३१ हजार नगद शिल्ड, मेडल,प्रमाणपत्र प्रदान गरिनेछ । दोस्रो हुने टिमलाई रु २१ हजार नगद शिल्ड,मेडल,प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा पराजित हुँने टिमहरुलाइ समेत नगद रु ५ हजार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष सिताराम चौधरीले बताए ।

सो पत्रकार सम्मेलन कार्यक्रममा गढी गाउँपालिका उपाध्यक्ष राजकुमारी चौधरीले शुभकामना मन्तव्य दिदै यस गाउँपालिकामा खेलकुदमा पनि विकास होस भन्ने उदेश्यले दोस्रो अध्यक्ष कप फुटबल खेल प्रतियोगिता गरन लागेको बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर भट्टराईले कार्यक्रमलाई सम्बोधन गर्दा उहाँले भनुभयो गढी गाउँपालिकामा खेलकुद विकासका लागि रंगशालाको अवधारणा अगाडि सारिएको जानकारी दिनुभयो।
गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवले स्थानीय स्तरका खेलाडीहरुले भोलिका दिनमा राष्ट्रिय स्तरमा खेलेर आफ्नो गाउँ ठाउँ, गाउँपालिका, जिल्ला र नेपालको नाम चिनाउने सफल होस् यस उदेश्यले दोस्रो अध्यक्ष कप फुटबल खेल प्रतियोगिता सुरु गर्ने लागेको बताए । हामीले प्रत्येक वडाबाट २ देखि ३ जना खेलाडी छाने र प्रोत्साहन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।