विनोद आचार्य
रामधुनी,। सुनसरीको रामधुनी नगरपालिकामा भएको मेयरकप प्रदेश स्तरीय ब्याटमिन्टन प्रतियोगीता संपन्न भएको छ । झुम्का ब्याटमिन्टन क्लवद्धारा आयोजित उक्त कार्यक्रमको फाईनलमा मोरंङ्ग, सप्तरी र चक्रघट्टीले उपाधी हात पारेको हो ।
रामधुनीमा रहेका प्रदेश १ नमुना पिप्राहा कबर्डहलमा भएको प्रतियोगितामा समुह ए, तर्फ मोरंङ्गका भोजराज बहादुर गुरुङ्ग र दिवस संकर समुहले प्रथम उपाधि हात पारेका छन् । वेष्ट अफ थ्रिको सेटमा खेलेको प्रतियोगितामा मोरंङ्गले सोझो दुईसेटमा ओखलढुंगाका पेम्वा सेर्पा र हिरा राईको समुहलाई पराजित गरेका हुन् ।

मोरंङ्गका समुहले फाईनल खेल जित्दै प्रथम पुरस्कार नगद राशि रु ३० हजार सहित सिल्ड र प्रमाण पत्र प्राप्त गरेका छन्। ओखलढुंगाका खेलाडी समुह ए, को उपबिजेताहुदै दोस्रो पुरस्कार नगद राशि रु २० हजार सहित सिल्ड र प्रमाण पत्र जितेका छन् भने समुह ए, तर्फ रबिन सौडेन र प्रमिस श्रेष्ठको समुह तथा सबिन खनाल र पुर्ण बुढा तृतिय स्थानमा चित बुझाएका छन् । तृतिय स्थानमा आएका समुहलाई नगल राशि रु १० हजार र सिल्डले सम्मान गरेका छन् ।
समुह बि, तर्फका उपाधि सप्तरीले जितेका छन् । सप्तरीका खेलाडीले ३३ समुहलाई पराजित गर्दै प्रथम भएका हुन् । बिनय चौधरी र सनिल चौधरीले राईजिङ्ग प्लेयरको उपाधि समेत लिएर प्रथम पुरस्कार जित्न सफल भए । बि, तर्फ प्रथम हुने सप्तरीका समुहलले नगद रु २० हजार सहित कप हात पारे ।
खेलाडी मध्येकै सो समुहका सबै भन्दा कम उमेरका १५ बर्षिय बिनय चौधरीलाई राईजिङ्ग प्लेयरको उपाधिले सम्मान गरेको हो । बि, समुह तर्फकै उपबिजेताहुने इटहरीका प्रजवलराई र प्रसान्तराईले नगद रु १५ हजार सहित कप जितेका छन् । तृतिय रुद्र राउत र धुब्र कार्कीको समुह तथा खेम बराल र नबिन राईहुदै नगद राशि रु ७ हजार सहित कपमा चित्त बुझाए ।
समुह सि, तर्फ भने चक्रघटीका लोचनराज न्यौपाने र केदार अधिकारीको समुह प्रथम भएका छन् । झुम्काका नारायण प्रधान र मनोज श्रेष्ठका समुहलाई पाराजित गर्दै चक्रघटीका समुहले प्रथम पुरस्कार हात पार्दै नगद रु १० हजार जितेका छन् । झुम्काका समुह उपबिजेताहुदै नगद रु ७ हजार तथा कप प्राप्त गरेका छन् ।
तृतिय स्थानमा बुद्धिमान लिम्बु र गजेन्द्र बुढा तथा झुम्काका दुर्गेश बिक र रमेश सुवेदी भए । तृतियहुने समुहलाई नगद रु ४ हजार तथा कपले सम्मान गरेको खेल समयोजक लेखनाथ बास्तोला ९भोला०ले जानकारी दिए ।
बिजेता तथा पुरस्कृत हुने सम्पुर्णलाई नगरप्रमुख जयप्रकाश चौधरी क्लवका अध्यक्ष मिठुराज अधिकारी र खेल समयोजक लेखनाथ बास्तोलाले सम्मान गरेका थिए । आफुलो सोचेको भन्दा धेरै राम्रो खोल भएको र प्रदेश स्तरीय प्रतियोगिताले रामधुनी नगरको पहिचानका साथै गौरव बढाएको नगरप्रमुख जयप्रकाश चौधरीले बताए ।