अकबर अलि
दुहबी,। सुनसरीको दुहवीमा सम्पन्न दोश्रो मनमोहन अन्तराष्ट्रिय गोल्डकप डोरीतान प्रतियोगिताको उपाधि भारतको पटनाले हात पारेको छ ।
सुनसरी जिल्ला डोरीतान संघ र मनमोहन स्पोर्टस एकेडेमी तथा मोरङ डोरी तान संघको सहकार्यमा दुहवी ५ स्थित श्रीसरस्वती माविको खेल मैदानमा शुक्रबार खेल सम्पन्न भएको हो।
प्रतियोगिताको फाइनल खेलमा भारतको पटनाले नेपालको एक नम्वर प्रदेश टोलीलाइ हराउँदै उपधी चुमेको हो ।उपाधि सहित भारतले नगद एक लाख ट्रफि मेडल तथा प्रमाण पत्र हात पारेको छ ।

उपविजेता बनेको नेपालको एक नम्वर प्रदेश टोलीले नगद ५० हजार तथा ट्रफि मेडलमा चित्त बुझाएको छ ।
प्रतियोगितामा विजेता तथा उपबिजेता टोलिलाई पूर्वमन्त्री लालबाबु पण्डित र दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले पुरस्कार वितरण गर्दे सम्पूर्ण खेलाडीहरुलाइ शुभकामना दिएका थिए ।
फाइनल खेलको समापन कार्यक्रममा डोरीतान संघका केन्द्रीय उपाध्यक्ष डा।शुभाषश्री पोखरेल,नेकपाका प्रदेश १ सदस्य सत्यनारायण चौधरी, नेकपा मोरङ जिल्ला युवा तथा खेलकुद विभाग प्रमुख पशुराम बस्नेत, उपप्रमुख ईशवरि आचार्य
नेकपा प्रदेश १ का सदस्य उपेन्द्र राई, नेकपा सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ का संयोजक बिनय पोख्रेल, दुहबी नगर अध्यक्ष खडक प्रसाद उराँव, त्यसैगरि मोरङ डोरितान संघका अध्यक्ष रिता न्यौपाने, दुहबी नगरपालिकाका वडाध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो ।

डोरीतान प्रतियोगितामा नेपालका ६ टिमहरु नेपाल आर्मी, नेपाल प्रहरी,सशस्त्र प्रहरी, १ नम्बर प्रदेश,५ नम्बर प्रदेश र आयोजक सुनसरी डोरीतान संघ तथा भारतका बैशाली,विहार,पटना र दरभंगा गरि गरि १० टिमको सहभागिता रहेको थियो ।