नसीम अन्सारी
भुटाहा,। सुनसरीको बर्जु गाउँपालिकाका समाजसेवी तथा इन्जिनियर सदाम अन्सारीले स्थानीय युवा खेलाडीहरुलाई खेलप्रति होसला प्रदान गर्नको लागि जर्सी सहित खेलकुद सामाग्री हस्तान्तरण गर्नु भएको छ ।
बर्जु गाउँपालिकाको वडा-५ का स्टार युवा क्लबका फुटबल खेलाडीहरुलाई समाजसेवी तथा इन्जिनियर अन्सारीले १० सेट जर्सी, बुट, मोजा, पन्जा, फुटबल लगायतका खेलकुद सामग्री हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै फुटबल टिमका कपतान रियाज अन्सारीले जर्सीसहित खेलकुद सामग्री सहयोग गर्ने समाजसेवी तथा इन्जिनियर सदाम अन्सारीलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा रहेको कपतान अन्सारीले बताए ।
जर्सीसहित खेलकुद सामग्री वितरण गर्दा खुसी लागेको र खेलाडीलाई हौसला प्रेरणा मिलेको उनले बताए। सामाजिक काममा निकैनै सकृय अन्सारीले विभिन्न समयमा सहयोग प्रदान गर्दै आइरहनुभएको छ ।