लौकही । सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ५ स्तिथ मिल्लत स्पोर्टिङ फुटबल क्लबद्वारा आयोजित जारी दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगितामा आइतबार मिल्लत स्पोर्टिङ फुटबल क्लब बिजय भएका छ्न।
रामधुनी युवा क्लब एकराही र मिल्लत स्पोर्टिङ फुटबल क्लब श्रीपुर बीच भएको प्रतिस्पर्धा खेलमा रामधुनी युवा क्लबलाई तीन गोल दिएर मिल्लत स्पोर्टिङ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको आयोजकले जनाएको छ।
दोस्रो अध्यक्ष कप फुटबल दिनको ३स् बजे देखी सुरु भएको थियो । भने खेलको १० औं मिनेटमा मिल्लत स्पोर्टिङ फुटबल क्लब श्रीपुरले एक गोल दिएर आफ्नो टिमलाई अग्रता दिएको थिए।
सो खेल एक घण्टा ३० मिनेटको रहेको थियो । मध्यान्तर पछीको खेलमा फेरि मिल्लत स्पोर्टिङ फुटबल क्लबले दुई गोल दिएर ३(० ले जित हात पारेको छ।
आजको क्वाटर फाइनल खेलमा म्यान अफ द मैच सन्तोष साह भएको आयोजकले जनाएको छ। भोलिको सेमिफाइनल खेल युवा एकता क्लब दुहबी र बक्लोरी युवा क्लब बक्लोरी बिच हुने आयोजकले जानकारी दिएको हो ।