अध्यक्ष अन्सारीद्धारा होलीको शुभकामना

हरिनगर,। फागु पुर्णिमा (होली पर्व) २०८० को अवसरमा मेरो तर्फबाट सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

रङगहरूको पर्व होलीको अवसरमा हरिनगर गाउँपालीकाका अध्यक्ष हाजी गफार अन्सारीले पालिका वासीहरुमा सुख, शान्ति, संबृद्धी, आपसी सद्भाब र भाइचार कायम रहोस् भनि शुभकामना ब्यक्त गरेका हुन् ।

सद्भावको पर्व होलीको उमङग सँगै बहुसांस्कृतीक, बहु धार्मिक र बहुजातीय गाउँ हरिनगरको बिकासमा सबै एकबद्ध भएर लाग्ने थप प्रेरणा मिल्ने छ भनि विश्वास लिएको छु।

हाम्रा चाडपर्वहरुले समुदायबीच सद्‍भाव बढाउछन्। समुदायलाई एकताबद्ध गर्न सघाउछन्। विभिन्‍न धर्म, भाषा र संस्कृति मान्‍ने समुदायहरुलाई आआफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्बर्धन गर्न पनि अभिप्रेरित गर्दछन्।

असत्यमाथि सत्य र खरावमाथि असल पक्षको विजयको रुपमा लिइने र उल्लासपूर्वक मनाइने फागु अर्थात होली पर्वले मानव जीवनलाई रंगीन र उल्लासमय बनाउन प्रेरित गर्दछ।

सबै समुदायकाबीच एक आपसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पुर्‍याओस भन्‍ने शुभेच्छा सहित सबैको उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

Discussion about this post

No comments to show.

Related Posts