सभामुखको मत लिनु असंवैधानिक भन्दै एमाले फेरि अदालत जाने

इनरुवा,। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध नेकपा एमाले फेरि अदालत जाने भएको छ ।

प्रदेशसभाको अध्यक्षता गरेका इस्त्राइल मन्सुरीको समेत मत लिएर मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत पाएका छन् । तर एमालेले सभामुखको मतसमेत जोडेर विश्वासको मत लिनु असंवैधानिक भन्दै अदालत जाने बताएको हो ।

पूर्व मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिक्मत कार्कीले भने, ‘संविधान जोगाउन पनि हामी अदालत जानै पर्‍यो ।’ सत्तारुढ गठबन्धनबाट संविधानको धज्जी उडाउने काम भएको उनले बताए । कानून नमान्ने र संसदीय गरिमा नराख्ने काम उहाँहरुबाट भएकै थियो ।

Related Posts