सुनसरी ४ मा निरास छन् मतदाता, पुराना दलहरूलाई पर्न सक्छ भारी

सुनसरी,। सुनसरी निर्वाचन क्षेत्र ४ मा ३४ जना उम्मेदवार प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन्। मतदाताहरूले विगतका आश्वासन पूरा नभएको भन्दै यसपटक फरक मत दिने विचार राखेका छन्।

२०७९ को चुनावमा पराजित भएको जगदीश प्रसाद कुसियैत र विजयी भएको ज्ञानेन्द्र बहादुर कार्कीको प्रतिस्पर्धा रोचक भएको थियो ।

तर यसपालि सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३४ जना उम्मेदवार मैदानमा छन् ।

यहाँका सबै समस्या सम्बोधन गर्ने आश्वासन दिँदै उनीहरू घरदैलोमा व्यस्त छन् । तर मतदाताहरू भने विगतका चुनावमा पनि यस्तै भनेकाले पत्याउन सक्ने अवस्थामा छैनन् । उनीहरूले उम्मेदवारका बाचालाई आश्वासनकै रूपमा लिएका छन् ।

यहाँका बासिन्दाले वर्षौंदेखि कृषि क्षेत्रमा रहेको समस्या, बर्सेनि सुनसरी खोलाको बाढीबाट हुने समस्या, उच्च शिक्षा पढ्न नकुनै क्याम्पस, बेरोजगारी, स्वास्थ उपचारको अभाव, सडक नालाको व्यवस्था, जंगली हात्तीको आक्रमण, कोशी नदीको कटानबाट विस्थापित र नेटवर्कको समस्या भोग्दै आएका छन् ।

यसअघि जिताएकाहरूले केही पनि काम नगरेका भन्दै मतदाताहरू उम्मेदवार छानेर भोट हाल्ने तयारीमा छन् । अरू भोट हेरेर दिने हो । पहिला जितायौँ, काम केही गरेको देखिएन । चुनावको बेला मात्रै गाउँमा आउने, अरू बेला कता हराउने, नाक–मुख नदेखाउने, त्यही भएर यो पटक भोट बदल्ने विचारमा छौँ,’ बराहक्षेत्र, रामधुनी, कोशी, भोक्राहा नरसिंह, इनरुवा र हरिनगरसहितका जनताहरुले आफ्नो विचार सुनाए ।

मतदाताका अनुसार यहाँ चुनावअगाडि नेताहरूले विभिन्न समस्या हटाउने, बाटोघाटो समस्या समाधान गर्ने, कृषि र खानेपानीमा, शिक्षा, स्वास्थ्य, सुनसरी खोलाका बांध पुल, बर्सेनि आउने बाढी लगायत क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।

पुरानो दलका उम्मेदवारहरुले कुनै समस्याहरु हटाउन सकेको छैन । त्यसकारण यसपालि नयाँ र स्थानीय उम्मेदवारले स्थानीयका समस्यालाई नजिकबाट हेर्नेलाई मत दिने बताए । जुन मान्छेलाई यहाँका समस्या थाहा हुन्छ, यो ठाउँको समस्यालाई नजिकबाट हेर्नेलाई भोट दिने हो,’ सुनसरी क्षेत्र नम्बर ४ का जनताहरुले सुनाए ।

२०७४ सालको चुनावबाट सुनसरी क्षेत्र नम्बर ४ बाट आफ्नो राजनीतिक यात्रा सुरु गर्दा ज्ञानेन्द्र बहादुर कार्कीले नेकपा एमालेका उम्मेदवार रमेश श्रेष्ठसँग फराकिलो मतले विजय भएको थियो ।

तर, २०७९ को चुनाव कार्कीलाई नेकपा एमालेका उम्मेदवार जगदीश प्रसादसँग चुनाव जितन निकै कडा प्रतिस्पर्धा भएको भएको थियो । कार्कीले मात्रै ११२ मतले चुनाव जितेको थियोे ।

२०७९ सालको चुनावमा काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन थियो भने एमाले र जनता समाजवादी नेपालको गठबन्धन रहेको थियोे । तर यपट कुनै गठबन्धन छैन ।

समय सधैँ एकनास रहेन । २०७९ को चुनावमा नेपाली काँग्रेस र माओवादी केन्द्रको दह्रो साथ हुँदाहुँदै पनि कार्कीले ११२ मतले विजय भएको थियो । तर कार्कीसँग ११२ मतको अन्तर पराजित भएको जगदीश प्रसाद कुसियैतको मनमा त्यो हारको पीडा अझै ताजै छ ।

सुनसरी क्षेत्र नम्बर ४ मा अहिले कार्की तेस्रो पटक चुनावी मैदानमा छ भन्ने कुसियैत दोस्रो पटक चुनावी मैदानमा छ। तर यस पटक सुनसरी क्षेत्र नम्बर ४ का माहोल बदलिएका छन् । जनता समाजवादी पार्टी नेपालबाट सबिता यादव चुनावी मैदानमा छ।

त्यसगरि अहिले देश भरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनलहर रहेको समयमा सुनसरी क्षेत्र नम्बर ४ बाट दिपक शाह चुनावी मैदानमा रहेको छ। अहिले सुनसरी ४ का जनताहरुले शाहको पक्षमा देखिन्छ ।

नेपाली कम्युनिस्ट पार्टी सुनसरी क्षेत्र ४ मा महफुज आलम अन्सारी पनि चुनावी मैदानमा रहेको छ। अन्सारी यसअघि नेकपा एमालेबाट दुई पटक चुनाव लडिसकेका छन् । उनले पहिलो पटक काँग्रेसका उम्मेदवार स्व। गिरिजाप्रसाद कोइरालासँग थौरे मतले पराजित भएको थियो ।

दोस्रो पटक मधेसी जन अधिकार फोरम पार्टीको मधेसमा जनलहर रहेको समयमा उपेन्द्र यादव र सुजाता कोइरालासँग चुनाव लडेका थिए । अन्सारीको कारण सुजाता कोइराला पनि पराजित भएकी थिइन।

तर यसपालि परिचय बदलिएको छ । माओवादी, एकीकृत समाजवादी र भीम रावल लगायत विभिन्न १८ वटा पार्टी मिलेर बनेका नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेको महफुज आलम अन्सारीको जितने प्रवल सम्भावना रहेको सुनसरी ४ का जनताहरुको भनाई रहेका छन् ।

यसपटकको चुनावमा लडाइँलाई त्रिकोणात्मक वा बहुकोणात्मक बनाउन नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० पनि कम्मर कसेर लागेका छन् ।

काँग्रेसले तेस्रो पटक कार्कीलाई नै टिकट दिएपछि स्थानीय नेतालाई टिकट नदिएपछि अधिकानस काँग्रेसका कार्यकर्ताहरू यसपटक निराश रहेका छन् । काँग्रेसले स्थानीय नेताहरुसँग न्याय, समानता र समावेशीको नारा मात्रै दिने तर सधैं एउटै व्यक्तिलाई पटक(पटक टिकट दिने कुराले काँग्रेस कार्यकर्ताहरुमा व्यापक असन्तुष्ट रहेका छन् ।

काँग्रेसका उम्मेदवार कार्कीको मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दिपक शाहले काट्ने र नेकपा एमालेका उम्मेदवार जगदीश प्रसाद कुसियैतको मत जनता समाजवादी पार्टी नेपालका उम्मेदवारले सबिता यादवले काट्ने छन् ।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गाउँ पसेका अन्सारीको सुनसरी क्षेत्र नम्बर ४ मा स्थानीयको छवि राम्रो छ । जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले काट्ने मतले नै पल्ला भारी हुन्छ भन्ने निर्धारण गर्नेछ । काँग्रेस र एमाले दलप्रतिको वितृष्णालाई भुनाउँदै सामाजिक सम्बन्धलाई भोटमा बदल्ने दाउमा अन्सारी छ ।

Related Posts