सुनसरी क्षेत्र नं-४ काँग्रेसमा बाहिरी व्यक्ति हाबी हुँदै, स्थानीय नेतालाई बाईपास गर्दै

सुनसरी,। सुनसरी क्षेत्र नम्बर-४ नेपाली काँग्रेसमा बाहिरी व्यक्तिहरु हाबी हुँदै गएको छ भने स्थानीय नेताहरुलाई बाईपास गर्दै गरेको नेता तथा कार्यकर्ताहरु व्यापक रुष्ट रहेको पाइन्छ ।

नेपाली काँग्रेसको १५औं महाधिवेशन लक्षित गर्दै सुनसरी क्षेत्र नम्बर-४ मा क्षेत्री सभापतिका उम्मेदवारको रुपमा चर्चा रहेको मनोज कुमार साह, महामन्त्री गगनकुमार थापा खेमाका उम्मेदवार हुन् भने कुरा काँग्रेसकै नेता तथा कार्यकर्ताहरुले भने गरेका छन् ।

सुनसरी-४ काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरुले साह पनि क्षेत्र नम्बर-४ का स्थानीयवासी होइन भने गरेका छन् । मनोज कुमार साह पहिला सप्तरी जिल्ला निवासी हुन् भने अहिले मोरङको बिराटनगर बसोबास गर्दै आईरहेका हुन् । साहले मात्रै क्षेत्र नम्बर-४ काँग्रेसको क्रियाशील सदस्य र भोटर रहेको स्थानीय नेता तथा कार्यकर्ताहरुको आरोप रहेका छन् ।

त्यसैगरी सुनसरी क्षेत्र नम्बर-४ मा काँग्रेस संस्थापन पक्ष अर्थात देउवा खेमाबाट अहिलेसम्म कसैको नाम चर्चामा रहेको देखिन, अर्को संस्थापनइतर पक्ष कोइराला खेमाबाट पनि कसैको नाम सार्वजनिक भएको छैनन् ।

फागुन २१ गते हुने निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर-४ का क्षेत्री कार्यसमितिको बैठकमा ५ जनाको नाम बैठकमा पारित भएपनि पछि क्षेत्री कार्यसमितिले २ जनाको नाम मात्रै जिल्लालाई सिफारिस गरेका छन् ।

प्रतिनिधि सभाका लागि नाम सिफारिस हुनेमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा दुई पटक सुनसरी-४ बाट निर्वाचीत प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र बहादुर कार्की र नेपाली काँग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीको नाम सिफारिस भएका छन् ।

दुई जनाको नाम मात्रै सिफारिस भएपछि नेपाली काँग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा युवा नेता डा. अबुल हुसेन अन्सारीले जिल्लामा निवेदन हालेर नाम पठाउन जिल्ला कार्यसमितिलाई लिखित पत्र समेत दिएको थियो ।

स्थानीय नेताहरुको नाम सिफारिस नभएपछि पछिल्लो समय क्षेत्र नम्बर-४ मा काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरुले समाजिक संजाल मार्फत विरोध गरिरहेका छन् ।

अब अहिले बजार र चोकका चिया पसलहरुमा काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरुले चर्चा गर्न थालेका छन् । सुनसरी क्षेत्र नम्बर ४ मा यसपालि क्षेत्री सभापति मोरङका आयातित व्यक्ति हुने र प्रतिनिधि सभाका उमेदवार भोजपुरका आयातित व्यक्ति हुने निश्चित भएको देख्दा अचम्म लागि रहेको गुनासो गरिरहेका छन् ।

सुनसरी क्षेत्र नम्बर-४ का स्थानीय नेता तथा कार्यकर्ताहरुले भने गरेका छन् । स्थानीय नेतालाई बाईपास गरिरहेका छन् । क्षेत्रको रबैया देख्दादेख्दै वाक्य लागि सकेको प्रतिक्रिया दिन थालेका छन् ।

Related Posts