राष्ट्रिय वित्त आयोगको मूल्यांकनमा हरिनगर गाउँपालिका पहिलो स्थानमा

इनरुवा,। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्यांकनमा सुनसरीको हरिनगर गाउँपालिका पहिलो स्थानमा रहेको छ।

सो हरिनगर गाउँपालिकाले चालु आर्थिक वर्षमा ६३.२० प्रतिशत अंक प्राप्त गरी प्रथम स्थानमा रहेको हो।

त्यस्तै इनरुवा नगरपालिकाले ५८.१७ अंक प्राप्त गरी दोस्रो स्थानमा रहेको छ। त्यस्तै गढी गाउँपालिकाले ५३.३२ अंक प्राप्त गरी तेस्रो स्थानमा रहेको छ।

त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाले ४८.६६ अंक प्राप्त गरेको छ भन्ने दुहबी नगरपालिकाले ४७.९९ , बर्जु गाउँपालिकाले ४६.५१, देवानगंज गाउँपालिकाले ४५.३१, रामधुनि नगरपालिकाले ४२.८४, इटहरी उपमहानगरपालिकाले ३८.९६ र कोशी गाउँपालिकाले ३६.८९ अंक प्राप्त गरेका छन् ।

 

Related Posts