धनुषा घटना: सुनसरीसहित विभिन्न ठाउँमा प्रदर्शन, दोषीलाई पक्राउ गरि कार्वाही गर्न माग

सुनसरी,। धनुषामा मुस्लिम समुदायको धार्मिक अस्था मस्जिदमा हिन्दुवादी युवाहरुले प्रवेश गरि तोडफोड गरि धर्मग्रन्थ कुरान जलाएको घटना शनिबार भएको थियो ।

उक्त घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि सुनसरीसहित देशका विभिन्न ठाउँमा मुस्लिम समुदायहरुले आइतबार बिहानदेखि प्रदर्शनमा उत्रिएका थिए। वीरगन्जमा आइतबार बिहान प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले वीरगन्ज-३ छपकैयास्थित नेपाल प्रहरीको बिटमा तोडफोड पनि गरेका छन् ।

धनुषाको धनुकमला नगरपालिका-६ सखुवा मरानमा दुई समुदायका युवाहरुले टिकटमा एक अर्कोको धर्म विरोधी भिडियोहरु पोष्ट भएको विवादपछि हिन्दुवादी युवाहरुले मस्जिदमा प्रवेश गरी तोडफोड र मुस्लिम धर्मावलम्बीको ग्रन्थ कुरान जलाएको घटनाको विरोधमा सुनसरीका हरिनगरको भुटाहा, इनरुवाको जल्लपापुर, दुहबी, भोक्राहाको जनता चौक, चिरोली चोक, कोशीको नहर चौक र भण्टावारी लगायतको ठाउँमा आइतबार बिहानैदेखि मुस्लिम समुदायले प्रदर्शन गर्दै राज्यमार्ग र हुलाकी राज्यमार्गमा चक्काजाम गरि टायर बालेर नाराबाजी गरेका थिए्।

त्यसगरी मोरङको बिराटनगर, राजविराजको नेता चोक, वीरगन्जको घण्टाघर,मुर्ली,छपकैयाको इदगाह चोक, गण्डक चोक लगायतका स्थानमा उनिहरुले सडकमै टायर बालेर नाराबाजी गरेका थिए्।

प्रदर्शनमा सहभागीहरुले मुस्लिम धर्मावलम्बीको पवित्रस्थल मस्जिदमा पसेर तोडफोड गर्ने र धार्मिक ग्रन्थ कुरान जलाउनेहरुलाई तत्काल पक्राउ गरि कारबाही गर्नुपर्ने माग गरेका थिए ।

नेपालमा धार्मिक दंगा भड्काउने नियतले मुस्लिम धर्मावलम्बीको पवित्रस्थल मस्जिदमा पसेर तोडफोड गर्ने र धार्मिक ग्रन्थ कुरान जलाउने कार्य भएकोले त्यसको विरोधमा आफूहरू प्रदर्शनमा उत्रिएका मुस्लिम समुदायहरुको भनाई रहेको थियोे ।

उनीहरुले उक्त घटनामा संलग्नहरूलाई सरकारले तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन्।

Related Posts