मन्त्रालयद्वारा श्री जनता मावि गौतमपुरको अनुगमन

भुटाहा,। कोशी प्रदेशका सामाजिक विकास मन्त्रालयद्वारा श्री जनता माध्यमिक विद्यालय गौतमपुरको अनुगमन भएको छ।

सुनसरीको हरिनगर गाउँपालिका वडा नं-३ स्थित रहेका श्री जनता माध्यमिक विद्यालय गौतमपुरमा पुगेर मंगलबार सामाजिक विकास मन्त्रालयका सचिव र शैक्षिक योजना तथा अनुगमन शाखाका अधिकृतले अनुगमन गरिएको हो।

हरिनगर गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखाका सदस्य अजित कुमार मल्लिकले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेको छ।

Related Posts