कास्कीमा जिप दुर्घटना हुँदा ९ जना घाइते

काठमाडौँ,।  कास्कीको माछापुच्छ्रे गाउँपालिकामा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । माछापुच्छ्रेको इदिखोलाबाट पोखरा आउने क्रममा बलेरो जिप मर्दीपुलनजिकै दुर्घटनामा परेको हो ।

घाइतेमध्ये दुईजनाको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । अन्य सात जना सामान्य घाइते भएको प्रहरीको भनाइ छ । जिप बाटोबाट करिब १५ मिटर तल खसेर रुखमा अल्झिएको प्रहरीले जनाएको छ ।

Related Posts