मुद्दाको पेशी सरेपछि एसिया कप खेल्न सन्दीप पाकिस्तान जाने

काठमाडौँ,। जिल्ला अदालत काठमाडौंमा विचारधीन बलात्कार आरोपको मुद्दाको पेशी सरेपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न सोमबार पाकिस्तान जाने भएका छन् ।

बुधबारबाट एसिया कप सुरु हुँदैछ । उनी विरुद्धको मुद्दा आइतबार हेर्न नभ्याइएका कारण उनको पेशी भदौ २१ गतेलाई सरेको छ। पेशी सरेपछि सन्दीप भोलि नै एसिया कपका लागि पाकिस्तान उड्ने सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले बताए ।

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि सन्दीप संभवत भोलि पाकिस्तान जाने बताएका छन् । नेपालको टिम भने भदौ ५ गते नै पाकिस्तान गइसकेको थियो ।

 

Related Posts