तेह्रथुममा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

इटहरी,। तेह्रथुमको म्याङलुङमा तीव्रगतिमा रहेको मोटरसाइकल आइतबार साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

म्याङलुङ बजारबाट जिरिखिम्तीतर्फ जाँदै गरेको को १४ प ८९२ नम्बरको पल्सर मोटरसाइकल साँझ ५ः३० बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा परी म्याङलुङ नगरपालिका ८ का २५ वर्षीय सविन लिम्बू र मोटरसाइकल चालक २२ वर्षीय संगम तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विद्यासागर मेहत्ताले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते दुवैको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइकल तीव्रगतिका कारण अनिन्त्रित भई दुर्घटना भएको हो । यद्यपि, थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Posts