नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका वडा नं-४ मा रहेको हरिनगरा बहुमुखी कलेजको समुद्धघाटन सम्पन्न भएको छ ।
हरिनगर बहुमुखि कलेजको समुदघाटन नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सञ्चार तथा सूचना मन्त्री तथा वर्तमान सुनसरी क्षेत्र नम्बर-४ का प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले विधिवत रुपमा एक समारोहका बिच समुदघाटन गर्नु भएको हो ।
कलेज व्यवस्थापन समितिले सोमबार एक कार्यक्रमको आयोजना गरि समुदघाटन कार्यक्रमका नेपाली काँग्रेसका केन्द्रीय सदस्य वर्तमान सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष सिवदयाल मेहताको अध्यक्षता, सुनसरी क्षेत्र नं-४ (क) का प्रदेश सभा सदस्य सदानन्द मण्डल, क्षेत्र नं-४ (ख) का प्रदेश सभा सदस्य डाक्टर इस्राइल मन्सुरी, हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी, उपाध्यक्ष रिमझिम कुमारी भगत, नेपाली काँग्रेस हरिनगरका सभापति नुनु अन्सारी, जनता समाजवादी पार्टी हरिनगरका अध्यक्ष धर्मवीर आर्य, नेकपा एमालेका अध्यक्ष कृष्णदेव मेहता, वडाध्यक्षहरु, विद्यालयका प्रध्यानाध्यापकहरु, समाजसेवी बुद्धिजीवीहरु, पत्रकारहरु, अविभावकहरु, विद्यार्थीहरु समेतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले शैक्षिक जागरणमा पव्लिक कलेजको महत्वपुर्ण भुमिका रहेको बताउनुभएको थियो । अव नेपालमा पनि संसारको शैक्षिक क्षेत्रमा प्रतिष्पर्धा गर्ने खालको शैक्षिक निति ल्याउनुपर्ने कार्कीले बताए।
अहिले आवश्यकता कम्प्युटर विज्ञान र आइटी रहेको बताए । कार्कीले भने, यसकालागि सम्बन्धित मन्त्री ज्युहरूसँग र प्रतिनिधि सभाको बैठक मार्फत सरकारको ध्यानाकर्षण गराइ रहेको छु ।
हरिनगरा बहुमुखी कलेजको विकास र विद्यार्थीहरूको अपेक्षा पूरा गर्न आफू सधैँ तत्पर रहेको योजना समेत बनाइरहेको कार्कीको भनाई थियो ।
प्राविधिक कक्षा सञ्चालन, डिग्रीको कक्षा सञ्चालन, विश्वविद्यालयबाट अनुदान र कलेजको स्थायित्वको लागि काम गर्ने र आवश्यक कलेजमा सहयोगको लागि स्थानिय सरकार र प्रदेश सभाका सदस्यहरूलाई आग्रह समेत कार्कीले गरेका थिए ।
कार्कीले ५१ हजार १ सय ५१ रुपैयाँ दिएर हरिनगरा बहुमुखी कलेजको आजिवन सदस्य बनका लागि कलेज व्यवस्थापन समितिलाई आग्रह गर्दै मंचबाट उद्वघोष गरेका थिए
त्यसैगरी सुनसरी क्षेत्र नं-४ (ख) का प्रदेश सभा सदस्य डाक्टर इस्राइल मंसुरीले कार्यक्रममा बोल्दै अब प्राबिधिक शिक्षानै आजको मुख्य आवस्यकता भएको र आवस्यकता अनरुप गाउँपालिकाले प्राबिधिक शिक्षालाइ जोड दिइने बताउनुभएको हो ।
हरिनगरामा कलेज भएपछि यहाँका आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुलाई बिराटनगर, इनरुवा, इटहरी, धरान र काठमाडौं गयर पढ्नु पर्ने बाध्यताको पनि अन्त्य भएको मंसुरीले बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सञ्चार तथा सूचना मन्त्री तथा वर्तमान सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यज्ञानेन्द्र बहादुर कार्की, कलेज व्यवस्थापन समितिका अध्यक्ष सिवदयाल मेहता, सुनसरी क्षेत्र नं-४ (ख) का प्रदेश सभा सदस्य डाक्टर इस्राइल मन्सुरी, हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी, उपाध्यक्ष रिमझिम कुमारी भगत, नेपाली काँग्रेस हरिनगरका सभापति नुनु अन्सारी, जनता समाजवादी पार्टी हरिनगरका अध्यक्ष धर्मवीर आर्य, नेकपा एमालेका अध्यक्ष कृष्णदेव मेहता , वडाध्यक्षहरु, विद्यालयका प्रध्यानाध्यापकहरु, हरिनगरा माविका प्रअ बलराम मण्डल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।





