इनरुवा,। नेपाल आयल निगमनले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
शुक्रबार मध्यराति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा लिटरको एक रुपैयाँ र डिजेल र मटिट्तेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको निगमले जनाएको छ । निगमले १५ दिनअघि पनि पेट्रोलियम पदार्थको मूल्य वृद्वि गरेको थियो ।





