जनता मावि गौतमपुरमा बाल दिवसको अवसर विविध कार्यक्रम

नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर-३ मा रहेको जनता माविमा बाल दिवसको अवसर पारेर विविध कार्यक्रम आयोजना गरिएको छ ।

शुक्रबार विद्यालय प्राङ्गणमा बालबालिकाहरूले आफ्ना नृत्य, गीत, विभिन्न रचना प्रस्तुत गरे । उनीहरूले आँफूहरूभित्र रहेको क्षमता प्रष्फुटन गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक सुरेश साहले विद्यालयमा एकदिन बालदिवस मनाउने मात्रै नभइ विद्यार्थीले चाहेअनुरुपको शिक्षा प्रदान गर्दै आएको बताए ।

उनले हरेक वर्ष विविध कार्यक्रम आयोजना गर्दै आएको बताए । यस्तै, हरेक साता बुक फ्रि डे पनि मनाइरहेको उनको भनाइ छ । प्रत्येक शुक्रबार विद्यार्थीहरूले किताबी ज्ञानबाहेक अन्य ज्ञान हाँसिल गर्ने साहले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अथिति हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले कार्यक्रमलाई सम्बोधन गर्दै बालबालिकाको हक, अधिकार सुनिश्चित गर्न यस्ता कार्यक्रमले प्रोत्साहित गर्ने उनले बताए ।

अध्यक्ष अन्सारीले भने हामीले बालबालिकाहरुको हक अधिकार र शिक्षाको लागि सधैं तयार रहेका छौ, यस वर्ष दशैं अगाडि नै पालिका भरिका सम्पुर्ण सामुदायिक विद्यालयमा रंगरोगन गर्ने उनले बताएको हो।

कार्यक्रममा रघुनाथ मेहताले कार्यक्रम सञ्चालन गरेका थिए भने कार्यक्रममा प्रमुख अथिति हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी, विशिष्ट अथितिहरु वडा नम्बर ३ का वडा अध्यक्ष अरविन्द्र मेहता र शिक्षा शाखाका अजित कुमार मलिक अथितिहरु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तरान्द मेहता, बाल कृष्ण माविका प्रधानाध्यापक नजामुद्दिन (नजाम) अन्सारी, विद्यालयका शिक्षक, शिक्षिका गौतमपुर प्रहरी चौकीका प्रहरी, संचारकर्मी र विद्यार्थीहरु लगायतका सहभागी रहेका थियो ।

Related Posts