मोरङ,। मोरङको बूढीगंगा गाउँपालिका ६ तिलाठी स्थितमा करेन्ट लागेर १९ वर्षीय अजित चौधरीको मृत्यु भएको छ ।
बिजुलीको पोलबाट तार तानेर करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका उनको उपचारको क्रममा विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।





