इनरुवा,। सुनसरीको भोक्राहा नरसिंह(३स्थित फुल चौकमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत भोक्राहा नरसिंह गाउँपालिका-३ फुलचौकमा प्र.१-०१-००१ ख ३७५७ नंम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिदाँ भोक्रहा नरसिंह ३ का ५५ वर्षिय देवनारायण यादवको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ जादै गरेको प्र. १-०१-००१ ख ३७५७ नम्बरको बसले दक्षिणबाट उत्तरतर्फ बाटो क्रस गर्दै गरेको अवस्थामा यादवलाई ठक्कर दिदाँ गम्भिर घाईते भई तत्काल उपचारको लागी जिल्ला अस्पताल इनरूवा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा सिकिस्त भएका यादवको अस्पातल लगेको केहीबेरमा मृत्यु भएको थियो । शव तत्काल अस्पतालमा पोष्टमार्टम गरि परीवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि भोक्रहा नरसिंह-३ का देवनारायण यादवको मृत्यु भएपछि भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले इनरुवा अस्पताल पुगेर शवको पोष्टमार्टम तुरुन्त गरि शव परीवारको जिम्मा लगाउन अस्पतालका डाक्टरलाई भनुभएको थियो ।
ठक्कर दिने बस र बस चालक झापाको मेचिनगर नगरपालिका ७ का ४५ वर्षिय मेघनाथ चौधरीलाई ईलाका प्रहरी कार्यालय लौकहीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनापछि आक्रोषितहरुले केहीबेर सवारी आवगमन रोकेर नाराबाजी गर्दै दोषीलाई कार्वाही र पीडितलाई क्षतीपुर्तीको माग गरेका थिए । प्रहरीले वार्ताको माध्यमबाट समस्याको समाधान गर्ने बताएपछि सडक अवरोध खुलेको थियो ।
उता घटना स्थलमा सशस्त्र प्रहरीले दुर्घटना हेरेर पनि नहेरे जस्तो गरेको र उपचारका लागि अस्पातलसम्म लान समेत बेवास्ता गरेको भन्दै स्थानीयहरु विरोध गर्ना सामान्य झडप भएको थियो ।
स्थानीय देवराज यादवले घटना स्थलमा गम्भीर घाइते भएका यादवलाई स्थानीयहरुले त्यहाँ ड्युटीमा खटिएको सशस्त्र प्रहरीहरुलाई अस्पताल लैजान आग्रह गर्दा यो नेपाल प्रहरीको काम हो भन्दै पन्छिएकाले झडप भएको थियो ।





