नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले कुनै पनि बहानामा पालिका भित्रका सामुदायिक विद्यालय बन्द गरेर आन्दोलनमा जाने विद्यालयका शिक्षकहरुलाई कारबाही गर्ने बताएको छ।
अध्यक्ष अन्सारीले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त चेतावनी दिएका हुन्। शिक्षा समितिको बसेको बैठकले शैक्षिक क्यालेन्डर अनुसार नियमित रूपमा विद्यालय कक्षा सञ्चालन गराउन निर्णय गरेको छ।
पालिका क्षेत्र भित्रको सम्पूर्ण विद्यालयमा पठनपाठनमा बाधा अवरोध नगर्न समेत शिक्षा समितिको बैठकले निर्णय गरेको छ। पठनपाठन सम्बन्धी अनुचित कार्य भए गरेमा नियमानुसार कारबाही गर्ने अध्यक्ष अन्सारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।
उक्त विज्ञप्तिमा शिक्षा विज्ञान तथा प्रविधि मान्त्रालय सिंहदरवार काठमाडौं, जिल्ला प्रशासन कार्यालय सुनसरी र शिक्षा विकास तथा समन्वय इकाई सुनसरीलाई बोधार्थ गरिएका छन् ।






