नसीम अन्सारी
इनरुवा,। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले गाउँ गाउँमा पुगेर जनताको समस्या र गुनासो सुन्दै छ ।
निर्वाचन जितेपश्चात जनप्रतिनिधि जनताको घरदैलौमा फर्कदैनन् भन्ने गुनासो सुनिन्छ । तर ठीक यसको वीपरीत भोक्राहा नरसिंह गाउँपालिकाबाट निर्वाचित गाउँपालिका अध्यक्ष अजमल अख्तर अजाद भने ‘जनतासँग अध्यक्ष’ कार्यक्रम लिएर गाउँ गाउँमा पुग्न थालेका छन् ।
उनले स्थानीय जनताको समस्या बुझ्दै, स्थानीयमा रहेका सडक, विद्युत्, शिक्षा, कृषि, स्वास्थ्य, खाने पानी लगायतका समस्या समाधानमा भूमिका खेल्ने बताएका छन् ।
अध्यक्ष अजादले भन्नुभयो, ‘‘निर्वाचन जितेपछि जनताको समस्या बिर्सने बेथिति बढ्दै गयो, जसबाट नेता र जनताको सम्बन्ध सुमधुर बन्न सकेन, त्यही कुरालाई मध्यनजर गर्दै मैले यो कार्यक्रम लिएर तपाईको ठाउँमा आएको हुँ ।
जनताको जिज्ञासामा अध्यक्ष अजादले भने, ‘‘पालिकामा रहेका समस्याको विषयमा जनतासँग छलफल र संवाद गरि समाधान गर्न आफु जहिल्यै पनि तयारी रहेको उनले बताए ।
अभियानबाट जनताले स्थानीय सरकारले के गरिरहेको छ, पालिकाको योजना कस्तो छ, विकासका कामहरु के कस्तो भइरहेका विषयमा समेत जानकारी लिइरहेका छौं ।
जनता नै आफ्नो पाठशाला रहेको बताउने अध्यक्ष अजादले जनप्रतिधि र जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन साथै समाजमा एउटा नयाँ कामको थालनी होस् भन्ने लक्ष्यले यस्तो कार्यक्रमको सञ्चालन गरेको बताए ।
आफूले जिताएको नेतासँग निर्धक्कसँग आफ्ना समस्या सुनाउन पाउँदा स्थानीय जनता खुशी देखिन्छन् । स्थानीयहरुले भन्नुभयो, ‘‘आफूले जिताएको अध्यक्षसँग भोगेको समस्या सुनाउन पाउँदा निकै खुशी लागेको छ, यस्ता कार्यक्रम वडा अध्यक्षहरुले पनि ल्याउन आवश्यक छ ।
अध्यक्ष अजादले आफू जनप्रतिनिधि भएदेखिनै यो कार्यक्रम सञ्चालन गर्ने सोच बनाएपनि केही कारण बस ढिलो भएको महशुल भएको छ। यस्तो कार्यक्रम संचालन गर्दा जनताको समस्या र गुनासो प्रत्येक्ष सुन्दा समयमै हल गर्न सकिन्छ ।
साथै त्यहीँ अनुसारको बजेट, योजना बनाउन सहज हुने देखिन्छ । चुनावको समयमा भोट माग्दा धेरै आश्वासन दिएका नेताहरुले आफ्नो ठाउँको समस्यामा ध्यान नदिँदा स्थानीयले आक्रोश पनि देखाउने गरेका छन् ।
जनतासँग अध्यक्ष कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष सुनिता उराँव, वडा नं-३ का वडा अध्यक्ष धिरेन्द्र यादव, कार्यपालिका सदस्य रामेश्वर खत्वे, नेपाली काँग्रेस भोक्राहा नरसिंहका सचिव असफाक अन्सारी, नेपाली काँग्रेस वडा नं-३ का सभापति देवकुमार मण्डल, सहसचिव बैजु मण्डल र स्थानीयवासीहरु लगायतको सहभागी रहेको थियोे ।