बराहक्षेत्रमा हावाहुरीको कारण रुख ढलेर स्कुटर किच्दा एक जनाको मृत्यु

इनरुवा,। सुनसरीको बराहक्षेत्रमा हावाहुरीको कारण रुख ढलेर स्कुटर किच्दा एकजनाको मृत्यु भएको छ ।

शनिबार बिहान हावाहुरीसँगै आएको बर्षातको कारण नडाहा-चतरा सडक खण्डमा रुख ढलेर स्कुटर किच्दा ६१ वर्षीय मुनरलाल (साइराम) चौधरीको मृत्यु भएको हो । रामधुनी ६ बस्ने चौधरी स्कुटर पछाडि सवार थिए ।

आफ्नै नातिले चलाएको को २९ प ५५०२ नम्बरको स्कुटरमा झुम्काबाट चतरा हुँदै उदयपुर जाने क्रममा बराहक्षत्र-३ स्थित सडकमा कुदिरहेका बेला हावाहुरीसँग ढलेको रुखले किचेको थियो ।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको छ ।

Related Posts