जिल्ला स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न, उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गर्ने

इनरुवा,। जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा जिल्ला स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले सम्पन्न गरेको विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा उत्कृष्ट हुने तीन जना प्रतियोगी विद्यार्थीलाई प्रहरी दिवसको अवसरमा पुरस्कृत गर्ने भएको छ ।

यहाँ ६८ औँ प्रहरी दिवस २०८० को अवसरमा बुधबार विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरिएको हो ।

सो निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुनेलाई प्रहरी दिवसको अवसरमा पुरस्कृत गरिने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक निराला भण्डारीले जानकारी दिनुभएको छ ।

उक्त प्रतियोगितामा सहभागी भएका २९ जना विद्यार्थीहरू मध्ये तीन जनालाई उत्कृष्ट प्रतियोगीको रुपमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Related Posts