हमासले इजरायलमाथि गरेको आक्रमणमा नेपाली विद्यार्थी पनि घाइते, परराष्ट्रमा आकस्मिक छलफल

काठमाडौं,। हमासले इजरायलमाथि गरेको आक्रमणमा परेर कम्तिमा पनि सात जना नेपाली घाइते भएको प्रारम्भिक सूचना प्राप्त भएपछि परराष्ट्र मन्त्रालयमा आकस्मिक बैठक बोलाइएको छ ।

प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमाथि गरेको कारबाहीमा सात नेपाली पनि घाइते भएको बताइएको छ । हामीले पनि इजरालयमा रहेका नेपाली घाइते भएको प्रारम्भिक सूचना पाएका छौँ,” परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, “अहिले परराष्ट्र मन्त्रालयमा आकस्मिक बैठक बोलाइएको छ ।”

उनकाअनुसार केहीबेरमा त्यहाँको अवस्थाका बारेमा सरकारले जानकारी गराउनेछ । हमासले इजरायलमाथि गरेको आक्रमणमा परेर ४० जना त्यहाँका नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Related Posts