नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर-३ स्थित जनता माध्यामिक विद्यालयकोे प्रधानाध्यापक सुरेश कुमार साह अनिवार्य अवकाश भएपछि निम्ति प्रधानाध्यापकमा लिलानाथ सिलवाल नियुक्त हुनुभएको छ ।
जनता माध्यामिक विद्यालय गौतमपुरका विद्यालय व्यवस्थापन समितिको शुक्रबार सम्पन्न बैठकले माध्यमिक तह श्रेणीका शिक्षक सिलवाललाई निम्ति प्रधानाध्यापक पदमा नियुक्ति गर्ने निर्णय गरेको हो । बैठकले कार्तिक ९ गतेबाट लागू हुने गरि निम्ति प्रधानाध्यापकका जिम्मेवारी दिएको छ।
शिक्षक सिलवाल हरिनगर गाउँपालिका वडा नम्बर १ स्थित बाल कृष्ण माध्यामिक विद्यालय भुटाहाबाट ६ महिनाअघि मात्र सरुवा भएर विद्यालयमा जानुभएको थियो । सिलवाल नेपाली विषयका शिक्षक हुनुहुन्छ ।
यसअघि लामो समय देखि बाल कृष्ण माध्यामिक विद्यालय भुटाहाका सहायक प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।
प्रधानाध्यापकको नियुक्तिसँगै विद्यालयको पठनपाठनमा सुधार हुने अभिभावकहरुले अपेक्षा गरेको विद्यालय व्यवस्थापन समितिले बताउनुभएको छ ।
जनता माध्यामिक विद्यालयकोे प्रधानाध्यापक सुरेश कुमार साह अनिवार्य अवकाश भएपछि विद्यालय व्यवस्थापन समिति, अभिभावक,
शिक्षक र विद्यार्थीहरुले भव्य रुपमा विदाई गरेका छन् ।
त्यसैगरी निम्ति प्रधानाध्यापकमा लिलानाथ सिलवाल नियुक्त भएकोमा विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र विद्यार्थीहरुले भव्य रुपमा स्वागत गरेका छन् ।