दुहबी,। सुनसरीको दुहबी नगरपालिका-११ स्थित मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दक्षिणबाट उतरतर्फ जाँदै गरेको को ४ प ९१७८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को २४ प १७५८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर भएर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर को ४ प ९१७८ नम्बरको मोटरसाइकल चालक स्थानीय ५० वर्षीय अनन्तराम चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।





