धरान,। धरानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गएराति २:३५ बजेतिर धरान उपमहानगरपालिका १५ सदन रोड स्थित भित्री सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र १-०२-०४७ प ७७८२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा धनकुटाको सहिदभूमि गाउँपालिका १ घर भइ हाल धरान १६ स्थित कोठाभाडामा बस्दै आएका ४९ वर्षीय हरिभक्त राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।





