भुटाहामा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका-१ स्थित भुटाहामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिनगर गाउँपालिका-१ का ३२ वर्षीय विरेन्द्र कुमार मलहा रहेकोे प्रहरीले जनाएको हो ।

हरिनगर गाउँपालिका-१ बजरंगबली मन्दिर नजिक हुलाकी राजमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १-०२-५२ प ३८६७ नम्बरको हुण्डासाईन मोटरसाइकलले गएराति ८:३० बजे पैदलयात्री मलहालाई ठक्कर दिदा दुर्घटनामा परी घाइते भएका हुन ।

घाइतेलाई उपचारका लागि बिराटनगर लादै गर्दा बाटोमा उनको मृत्यु भएको हो । मोटरसाइकल चालक बिराटनगर उपमहानगरपालिका-१० का अन्दाजी ३९ वर्षीय दुर्गा नेपाललाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।

मोटरसाईकल चालक नेपाल हाल सशस्त्र प्रहरी बल बिओपी भुटाहामा कार्यगत रहेको सशस्त्र प्रहरी हुन् ।

 

 

 

Related Posts