धरानमा हायसको ठक्करबाट एकको मृत्यु, एक जना घाइते

सुनसरी,। सुनसरीको धरान उपमहानगरपालिका ८ स्थित भोटेपुलमा हायसको ठक्करबाट एकको मृत्यु, एक जना घाइते भएको छ ।

हायसको ठक्करबाट मोटरसाईकल चालक धरान उपमहानगरपालिका १५ बस्ने ४६ वर्षीय शम्भु दर्जीको मृत्यु भएको हो।

इटहरीबाट धरानतर्फ जाँदै गरेको ना १ ज ७१२१ नम्बरको हायस गाडीले बाटो क्रस गर्दै गरेको को ६ प ५६०३ नम्बरको मोटरसाइकल र को ३२ प ८६६१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक दर्जीको उपचारका लागि वीपी प्रतिष्ठानमा पुर्‍याउनसाथ मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटर चालक धरान ८ बस्ने ४४ वर्षीय सुरज गजमेर सामान्य घाइते भएका छन् । दुर्घटनामा संलग्न हायस गाडी चालक सप्तरी सुरुङ्गा ८ बस्ने २८ वर्षीय तेजनारायण सदा इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेका छन् ।

घटना सम्बन्धना थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Posts