दुहबी,। सुनसरीको दुहबी नगरपालिका-१२ मा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
चिमडीबाट विराटनगरतर्फ जाँदै गरेको को ३७ प ४२५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक विराटनगर ५ का ४० वर्षीय सन्जु खवास रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा सोमबार राति ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।





