सर्लाहीमा दुर्घटना हुँदा नापी कार्यालय प्रमुखसहित १० जना गम्भीर घाईते

सुनसरी,। सर्लाहीमा अहिले साँझ भएको सवारी दुर्घटनामा परि १० जना घाइते भएका छन ।

दुर्घटनामा नापी कार्यालय मलङगवा सर्लाहीका प्रमुख संजय मनान्धर सहित १० जना गम्भीर घाईते भएका हुन। घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सदरमुकाम मलङगवा स्थित सरकारी अस्पतालमा समान्य उपचार पश्चात थप उपचारका लागि वीरगन्ज, जनकपुर र काठमाडौं रिफर गरिएको सर्लाही प्रहरीको जनाएको छ ।

घाईत हुनेहरुमा संजय मानन्धर, वैधनाथ राउत, अजय कुमार यादव, बैजु यादव, रामलाल साह, संजिव कुमार मण्डल, दिपेन्द्र यादव, विनोद घिमिरे, शाहिद अनवर रामबाबु राय रहेको प्रहरीले जनाएको छ ।

घाईते सबैजना नापी कार्यालय सर्लाहीका कर्मचारी रहेका छन् ।

Related Posts