पूर्व मन्त्री तथा काँग्रेसका केन्द्रीय सदस्य बुढाथोकीको निधन

सुनसरी,। नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशव कुमार बुढाथोकीको निधन भएको छ ।

प्रोस्टेट क्यान्सर रोगबाट पीडित उनको उपचारको क्रममा सोमबार राति ११ः३० बजे विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा निधन भएको हो । काँग्रेस झापा जिल्ला सचिव कृष्ण हुमागाईँले बुढाथोकीको निधन भएको पुष्टि गरे ।

बुढाथोकीकको पार्थिव शरीरलाई आज झापाको अर्जुनधारा-८ स्थित निजी निवासमा ल्याएर श्रद्धाञ्जली दिने कार्यक्रम रहेको र २ बजेपछि अन्त्यष्टि गरिने उनले बताए । हुमागाईँले भने, ‘हामी पारिवारिक निवासमा जाँदैछौँ, परिवारसँग सल्लाह गरेर दिउँसो २ बजेपछि अन्त्यष्टि हुनेछ ।

बुढाथोकी पञ्चायतकालमा जलस्रोत राज्यमन्त्री र पछिल्लोपटक सामान्य प्रशासन मन्त्री भएका थिए । उनी करिब ४ वर्षदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए ।

लामो समय भारतमा उपचार गराएका बुढाथोकीलाई एक साता अघिदेखि थप समस्या उत्पन्न भएपछि विराटनगरस्थित नर्सिङ होममा अस्पताल भर्ना गरिएको थियो ।

Related Posts