सजिलो कृषि सहकारी संस्थाको १०औं साधारण सभामा, नव निर्मित भवन उद्घाटन

नसीम अन्सारी
इनरुवा,। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ स्थित रहेको सजिलो कृषि सहकारी संस्थाको १०औं साधारण सभामा नव निर्मित भवनको उद्घाटन भएको छ।

भोक्राहा नरसिंह गाउँपालिका-६ स्थित सजिलो कृषि सहकारी संस्था लि. को १०औं बार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको हो।

संस्थाका अध्यक्ष जमालुदीन मन्सुरीको सभापतितब तथा कोशी प्रदेश सभा सदस्य हाजी डा. इस्राइल मन्सुरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएका छन् ।

१०औं स्थापना दिवसको उपलक्ष्य पारी संस्थाको नव निर्मित भवनको कोशी प्रदेश सभा सदस्य हाजी डा. इस्राइल मन्सुरीले उद्घाटन गरेको छ।

२०७१ साल माघ २५ गते स्थापित सजिलो कृषि सहकारी संस्थामा हाल १३९८ जना शेयर रहेका छन् । कार्यक्रममा संस्थाका अध्यक्ष जमालुदीन मन्सुरीले आ. व. २०७९/०८० को बार्षिक प्रतीवेदन र आ. व. २०८०/८१ को लागि निति तथा कार्यक्रम आ. व. २०७९/८० को आर्थिक प्रतिवेदन आ. व. २०८०/८१ को लागि अनुमानित आय ब्यय र कार्यक्रम बार्षिक बजेट लेखा सुपरिवेक्षण समितिको संयोजक ताहिर हुसेनले, ऋण समितिको संयोजक सराजुद्दिन अन्सारीले प्रस्तुत गरेका थिए।

कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष सुनिता कुमारी उराँव लगायत भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४, ६ र ८ का वडा अध्यक्ष क्रमश हारुन अन्सारी, सेराजुद्दीन अन्सारी र उसमान मियाँ तथा अन्य सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा बोल्दै कोशी प्रदेश सभा सदस्य एवम् कार्यक्रमका प्रमुख अथिति हाजी डाक्टर इस्राइल मन्सुरीले सहकारी क्षेत्र सुधारमा धेरै कामहरु भईरहेको र सहकारी क्षेत्रको साख कायम गर्न आवश्यक परे ऐन सम्शोधन गरेर भए पनि अघि बढ्ने प्रतिवद्धता ब्यक्त गर्दै सदस्यको बित्तिय आवश्यकतालाई परिपुर्ति गरि समुदायको दीगो र सक्षम साकोस बन्न सकोस भन्ने शुभकामना ब्यक्त गरेका थिए ।

साधारण सभाको अवसरमा आ.व. २०७९/८० का उत्कृष्ठ वचतकर्ता, ऋणी सदस्य, बाल वचतकर्ता, दैनिक वचतकर्ता, उत्कृष्ठ कर्मचारी र लघुबित्त तर्फ उत्कृष्ठ वचतकर्ता, ऋणी सदस्यलाई नगद तथा प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य हाजी इस्राइल मन्सुरी, विशिस्ट अतिथी भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष सुनिता कुमारी उराँव, भु.पु. पालिका अध्यक्ष महेन्द्र प्रसाद यादव, वडा अध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधिहरु, संस्थाका उपाध्यक्ष जुलेखा खातुन, संस्थाका सुपरिवेक्षण समितिको संयोजक ताहिर हुसेन, ऋण समितिको संयोजक सराजुद्दिन अन्सारी, लेखा समितिको पदाधिकारीहरु, ऋण समितिको पदाधिकारीहरु, समितिका पदाधिकारीहरु, शेयर सदस्यहरु, कर्मचारीहरु, पत्रकार ,सुरक्षाकर्मी, भद्र भाला आदमी लगायतको सहभागी रहेको थियो ।

 

Related Posts