विराटनगरमा दुर्घटना एकको मृत्यु, ट्रकमा आगजनी

इनरुवा,। विराटनगरको बरगाछीमा ट्रकको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वर्षीय नगेन चौधरी रहेका छन् ।

दुर्घटनापछि स्थानीयले ट्रकमा आगजनी गरेका छन् । ट्रकमा लगाएको आगो दमकलको सहयोगमा निभाइएको मोरङ प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Posts