इनरुवामा सरस्वती पुजाका दिन अनिवार्य ड्रेसमा आउन निर्देशन

इनरुवा,। सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले सरस्वती पुजाका दिन अनिवार्य रुपमा ड्रेस लगाएर विद्यालयमा आउनका लागि निर्देशन जारी गरेको छ ।

आज इनरुवा नगरपालिकाले एक सूचना जारी गर्दै सरस्वती पुजा मनाउनका लागि विद्यालयमा आउने विद्यार्थी बालबालिकालाई अनिवार्य रुपमा विद्यालयको पोशाक लगाउनका लागि आदेश गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो ।

चाडपर्व तथा पुजाका नाममा केही विद्यार्थी बालबालिकाका कारणले समस्या उत्पन्न भएकाले अनिवार्य रुपमा विद्यालयमा आउने निजि तथा सामुदायिक विद्यालयका बालबालिकालाई विद्यालयको पोशाकमा आउनका लागि निर्देशन जारी गरेको प्रमुख भण्डारीले बताउनुभयो ।

Discussion about this post

No comments to show.

Related Posts