भुटाहा,। सुनसरीको साबिक भुटाहा गाविस हाल हरिनगर गाउँपालिका-१ को पुरानो सामुदायिक विद्यालय श्री बाल कृष्ण माध्यमिक विद्यालयले जनप्रतिनिधि अभिभावकाहरुसँग विद्यार्थीसहित बुधवार ७४ औँ वार्षिकोत्सव मनाएको छ ।
पछिल्लो समय संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्दै विद्यालयले कक्षा १ देखि १० सम्म नेपाली र अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको छ ।
हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीको प्रमुख अतिथि रहेको वार्षिकोत्सवमा हरिनगर-१ का वडाअध्यक्ष प्रविन प्रसाद गुप्ता, कार्यपालिका सदस्य सुुशिल कुमार ठाकुर, विद्यालयका पुर्व शिक्षक तथा जनता मावि गौतमपुरका प्रअ लिलानाथ सिलवाल र विद्यालयका प्रअ हाजी नजामुद्दी अन्सारीसहितको उपस्थिति थियो ।