इटहरीमा ट्रकको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु

इटहरी,। इटहरीमा ट्रकको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार बिहीबार दिउँसो १ बजेतिर इटहरी-४ स्थित बूढीखोला पुल नजिकै बाटो काट्ने क्रममा ना ४ ख ३२८४ नम्बरको ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा इटहरी ६ बस्ने ७० वर्षीया दुर्गा पौडेल रहेकी छन् । ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीका अनुसार मृतकको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरी आजै साँझ बूढीगंगा जमुना मुक्तिघाटमा अन्त्येष्टि गरिएको छ ।

प्रहरीले ट्रक चालक सुमन बुढाथोकीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Related Posts