इनरुवा,। सुनसरीको सीमावर्ती नाकाको प्रयोग गरेर पछिल्लो समय गाँजा तस्करी बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्याङक अनुसार चालु आर्थिक बर्षमा सुनसरीमा गाँजा तस्करीको क्रम बढ्दो क्रममा रहेको पाइएको छ ।
जिल्लाको बिभिन्न स्थानबाट चालु आर्थिक बर्षको अहिले सम्ममा २ हजार ६ सय ६८ केजी गाँजा सहित ६६ जना मानिस पक्राउ परेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जनाएको छ । पक्राउ परेका मध्यै ४१ जना नेपाली र २५ जना भारतीय रहेको प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिनुभयो ।
सुनसरी प्रहरीले सुरु गरेको लागुऔषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले सो परिणाममा गाँजा सहित मानिस पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक बिपिन रेग्मीले जानकारी दिनुभयो ।
जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले ३ हजार केजी गाँजा सहित ६६ जनालाई पक्राउ गर्नका लागि सफल भएको छ । सबै भन्दा बढी गाजाँ र मानिस नेपाल-भारतको सीमा क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
खुल्ला सीमाका कारणले नेपालबाट भारत तर्फ तस्करी भइरहेको अवस्थामा गोप्य सूचनाको अधारमा गाँजा बरामद गरेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।
Discussion about this post