खनारमा मोटरसाइकल दुर्घटना हुँदा काका भतिजाको मृत्यु

इनरुवा,। सुनसरीको इटहरी उपमहानगरपालिका-१२ खनार चोकमा गए राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी-८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि दाहाल रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । मृतक दुवै काका भतिजा हुन् ।

विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्र १-०२-०४१ प ६६१९ नं को मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्र १-०२-००१ क ४५७८ नं को ट्रकले ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

ट्रक चालक इटहरी-२ का ३० वर्षीय प्रदीप कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Discussion about this post

No comments to show.

Related Posts