धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हत्या भएको अवस्थामा शव फेला

सुनसरी,। सुनसरीको धरान-१८ स्थित रहेको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा एक महिलाको हत्या भएको अवस्थामा शव फेला परेको छ ।

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा निर्माणाधीन नयाँ भवन क्षेत्रको खोचमा शव फेला परेको हो ।

घाटीमा चोट लागेको अवस्थामा करिब १९ वर्षीय युवतीको शव फेला परेको प्रहरी स्रोतले जनाएको छ । अन्तै हत्या गरेर यहाँ फ्याँकिएको हुनसक्छ,’ स्रोतले भन्यो ।

घटनाको अनुसन्धानमा तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । मृतकको अझैसम्म पहिचान खुल्न सकेको छैन ।

Related Posts