एसईईको परीक्षा चैत १५ देखि सञ्चालन हुने

सुनसरी,। यही चैत १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा ९एसईई० यस वर्षको परीक्षामा दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

चैत १५ देखि २७ गतेसम्म परीक्षा हुदै छ । करिब पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । उनका अनुसार यस वर्ष जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

परीक्षाका लागि बोर्डले पाँच लाख प्रश्नपत्र छापिसकेको जनाइएको छ । पाँच लाख चार हजार ४१४ जनाले परीक्षाको फाराम भरे पनि परीक्षामा केही विद्यार्थीको संख्या घट्न सक्ने बोर्डले जनाएको छ ।

परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र बोर्डले देशभरका ७६ जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको जनाइएको छ । काठमाडौँ जिल्लामा परीक्षाको अघिल्लो दिन मात्रै पठाइने जनाइएको छ ।

परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका एवं अन्य सामग्री कार्यालयले सातै प्रदेशमा पठाएको जानकारी दिँदै परीक्षा नियन्त्रक नन्दलाल पौडेलले प्रदेश र जिल्लाले गर्ने तयारी पनि भइरहेको जानकारी दिए। उनका अनुसार आवश्यक बजेट सातवटै प्रदेश सरकारअन्तर्गत सामाजिक सुरक्षा मन्त्रालयले व्यवस्थापन गर्नेछ।

नेपाल बाहिर जापानमा बसेका नेपाली विद्यार्थीले यसवर्ष पनि जापानबाटै परीक्षा दिन पाउने भएका छन्। जापानबाट २३ जना विद्यार्थीले एसईई दिने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए।

प्रत्येक परीक्षा केन्द्रमा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष एकरएक, तीन सय विद्यार्थी रहेको केन्द्रमा दुई सहायक केन्द्राध्यक्ष, दुई विद्यार्थी बराबर एक निरीक्षक, एक सय ५० देखि दुई सयसम्म परीक्षार्थी भएकोमा एक सहयोगी र त्योभन्दा बढी परीक्षार्थी रहेको केन्द्रमा दुई सहयोगी खटाइने उनको भनाइ छ।

Related Posts