सुनसरी,। मोरङको ग्रामथान गाउँपालिका-५ स्थितमा पिकअप गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
को २ च २१७ नम्बरको दुध बोक्ने पिकअप गाडीले बाटो क्रस गर्दै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार ग्रामथान गाउँपालिका ३ का ५६ वर्षीय हुवालाल माझी घाइते भएका थिए ।
माझीलाई उपचारको लागि आर्या न्यूरो अस्पताल विराटनगर लागिएकोमा उनको अस्पताल पुर्याएसँगै चिकित्सकले मृत घोषणा गरेको थियो ।
घटनामा संलग्न ठक्कर दिने पिकअप र पिकअप चालक विराटनगर महानगरपालिका १ का ३९ वर्षीय राजेश गुप्तालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।