हरिनगरमा एकीकृत पाठ्यक्रम कष्टमाइज्ड ५ दिने क्षमता विकास तालिम सम्पन्न

नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिकामा एकीकृत पाठ्यक्रम कष्टमाइज्ड सम्वन्धी आधारभुत तहका (कक्षा १-३) शिक्षकका लागी पाँच दिने क्षमता विकास तालिम आज सम्पन्न भएको छ ।

श्री बाल कृष्ण माविमा जेष्ठ २८ गते देखी ३२ सम्म संञ्चालन भएको उक्त तालिमको आज एक कार्यक्रमका वीच समापन गरिएको हो।

हरिनगर गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेका १८ वटा विद्यालयका शिक्षक र शिक्षिकाहरुका लागी एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम दिने उदेश्यले उक्त तालिमको आयोजना गरिएको हरिनगर गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका अजित कुमार मल्लिकले जानकारी दिएको हो।

हरिनगर गाउँपालिका भित्रका १८ वटा विद्यालयका २३ जना शिक्षक र शिक्षिकाहरुलाई एकीकृत पाठ्यक्रममा आधारित रहेर अध्यापन गराउने, बालबालिकाको पढाईप्रति लगाव बढाउने, उनीहरुमा पढ्ने बानीको विकास गर्ने, ग्रेटसिट निर्माण गर्ने लगाएतका विभिन्न विषयहरुमा सक्षम बनाउनका लागी तालिमको आयोजना गरिएको र तालिम अवधिभर प्रशिक्षक उमेश कुमार यादव र मो. नजामुद्दीन अन्सारीले प्रशिक्षण दिनुभएको मल्लिकले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै हरिनगर गाउँपालिका एवम् कार्यपालिका सदस्य सुशील कुमार ठाकुरले परियोजना विद्यालयमा लागु भइसकेपछाडी विद्यालयको शैक्षिक सुधारका लागी सामाग्री उपलब्ध भएको, त्यसले विद्यार्थीहरुको सिकाई र शिक्षकहरुको शिक्षण विधीमा सघाउ पुगेको बताउनु भयो ।

एकीकृत पाठ्यक्रमलाई विद्यालयमा लागु गर्नका लागी सबै शिक्षकहरूले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । परिवर्तन गर्नु पर्ने कुराहरु थुप्रै भएपनि तत्काल सबैभन्दा पहिला सुधार गर्नु पर्ने कुराहरू पत्ता लगाएर ति विषयहरुको सुधार गर्नसकेको खण्डमा त्यसले विद्यार्थीहरुको सिकाईमा धेरै परिवर्तन ल्याउने बताउनुभयो । तत्कालका लागी वालवालिकाको क्षमता विकास र वानी बसाल्नु रहेको उहाँको भनाई रहेको थियो ।

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथी तथा हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले कार्यक्रमलाई सम्बोधन गर्दै पालिकाले लिएको उदेश्य अनुरुप र शिक्षामा गुणस्तरीयता ल्याउनका लागी आफुहरुले विभिन्न कामहरु गर्दै आएका कारण ती विषयहरु प्रभावकारी हुनुपर्ने बताउनुभयो ।

तालिम सिकेका कुराहरूलाई व्यवहारिक रूपमा कार्यान्वयनमा आउनेमा आफु विश्वस्त रहेको बताउँदै अध्यक्ष अन्सारीले उदेश्य प्राप्तीका लागी काम गरेको क्षेत्रमा अपेक्षित प्रतिफल नआएको खण्डमा काम गरिरहनु पर्ने आवश्यकता नभएको समेत बताउनुभयो ।

पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्किदै गइरहेका कारण आगामी दिनहरुमा सामुदायिक विद्यालयको शैक्षिक विकास र गुणस्तर वृद्धीका लागी आफुले निरन्तर काम गर्ने समेत बताउनुभयो ।

त्यसैगरी कार्यक्रमका अधयक्षता गरिरहनु भएकी हरिनगर गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बाबा ठकुरी रिजालले कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत पाठ्यक्रम कष्टमाइज्ड ५ दिने क्षमता विकास तालिमले शिक्षक र शिक्षिकाहरूको क्षमता विकासमा महत्वपूर्ण सहयोग पुगेको बताउनुभयो ।

शिक्षाको क्षेत्रमा अपरिहार्य विषय वस्तुमा सहयोग गर्न शिक्षकहरुलाई उहाँले आग्रह समेत गर्नुभएको छ । रिजालले भने तालिम केवल तालिम मात्रै नभएर सीप हस्तान्तरण, प्रयोगात्मक क्रियाकलापले सिकाईलाई थप प्रभावकारी बनाउने भएका कारण सिकेका कुराहरुको ८० प्रतिशत मात्रै व्यवहारिक रुपमा विद्यार्थीलाई सिकाउन सकेको खण्डमा ठुलो प्रतिफल हात लाग्ने बताउनुभयो ।

सामाजिक रूपले हाम्रो अविकसित देशमा थुप्रै समस्या रहेको भएपनि ती समस्याको समाधान पनि हामीसँगै भइएका कारण समस्याबाट भाग्नु भन्दा त्यसको समाधानलाई पहिल्याउनु उत्तम उपाय भएको रिजालले बताउनुभयो ।

पुरानो अन्तरविषय वस्तुभन्दा विषयगत एकीकृत पाठ्क्रमका बारेमा दिइएको तालिमले शिक्षामा परिवर्तन ल्याउनेमा आफु विश्वस्त रहेको समेत उहाँले बताउनुभयो ।

तालिममा सहभागी रहेका शिक्षक र शिक्षिकाहरुलाई हरिनगर गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बाबा ठकुरी रिजाल, सदस्य अजित कुमार मल्लिक र कार्यक्रमका प्रमुख अथिति तथा हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले प्रमाणपत्र वितरण गरेको थियो ।

Related Posts