अशोक राई नेतृत्वको जसपाका मन्त्रीहरूले बुझाए राजीनामा

काठमाडौं,। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका मन्त्रीहरूले राजीनामा बुझाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीकुमार यादव, वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले राजीनामा बुझाएका हुन् । जसपाकी हसिना खान स्वास्थ्य राज्यमन्त्री थिइन् ।

अशोक राई नेतृत्वको जसपाले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

Related Posts